बुटवल । नेकपाको प्रचण्ड– माधव समूहले लुम्बिनी प्रदेश इन्चार्जबाट नेता शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो ।
बैठकले उनको स्थानमा युवराज ज्ञवालीलाई नियुक्त गरेको छ ।
त्यस्तै बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङलाई पनि हटाएको छ । उनको स्थानमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकिएको छ ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।