काठमाडौँ-प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट पुन सर्वोच्च अदालतको संबैधानिक इजालसमा सुनुवाई सुरु हुँदै छ । पुस ५ गते यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेपछि सर्वोच्चमा एक दर्जन बढी रिट दर्ता भएको थियो।
ती सबै रिट संबैधानिक इजालसमा सुनुवाई हुँदैछ। यस अघि अदालतको आदेश अनुसार आजबाट यी रिटको सुनुवाईमा अब निरन्तर सुनुवाई हुनेछ।
गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका मुद्दामा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गर्दै आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।
यसैबीच संवैधानिक इजलासमा आज पनि यस अघिकै न्यायधिसहरुको टिम रहेका छन् । प्रधानन्यायाधीस जबराले आजको लागि पनि विघटनको मुद्दा हेर्न हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका छन्। संवैधानिक इजलासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सदस्यलाई राखिएको भन्दै आलोचना हुँदै आएको छ ।