बुटवल - प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ। देशका ३ सय ३० प्रदेश सभाका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न आयोजना कांग्रेसले जनाएको छ। यसअघि पुस १३ गते काँग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो। विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ ।
यस्तै रुपन्देहीको पनि १० वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले प्रर्दशन गर्दैैछ । जस अनुसार क्षेत्र नम्बर १ मा सौदनिय बजार र कोटीहवा, क्षेत्र नम्बर २ को शंकरनगर र नयाँ गाउँ, क्षेत्र नम्बर ३ मा भैरहवा र अमुवामा प्रदर्शन गर्दै छ ।
त्यसै गरी क्षेत्र नम्बर ४ को बेथरी र मझगवाँ तथा क्षेत्र नम्बर ५ मा हाथीबजार र भैसहियामा विरोध प्रदर्शन सहित सभाको आयोजना हुने कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्माले जानकारी दिए।