काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्रीले पहिलो पटक संसदको माथिल्लो सदन राष्ट्रियसभामा सम्बोधन गर्न लागेका हुन्। बैठक दिउसो १ बजे बस्ने छ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते चुनावको मिति तय गरेका छन्। प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा विभाजन भएको छ। प्रचण्ड र माधव समुहले विघटनको विरोध गर्दै आन्दोलन गरिरहेको छ।
ओली पक्षधर र प्रचण्ड-माधव पक्ष अलग-अलग समुहको रुपमा क्रियाशिल भएपनि निर्वाचन आयोगबाट पाटी विभाजनको मान्यता भने पाइसकेका छैनन्। प्रधानमन्त्रीको कदमलाई नेकपाको प्रचण्ड-माधव समुह, नेपाली कांग्रेस, जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन्। उनीहरुले राष्ट्रिय सभाको बैठकमा पनि आवाज उठाउँदै आएका छन्।