काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । १ बजे राष्ट्रिय सभामा सम्बोधन गर्नु अघि १२ः१५ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा गत पुस १७ गते सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ। मन्त्रिपरिषद् बैठक भोली पनि बस्दैछ। सम्भवतः भोली बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ।