दाङ-प्रचण्ड-नेपाल समुहकाे नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आयोजना गरेका प्रशिक्षण भेलालाई पूर्व सभामुख कृष्णबहादुर महराले सम्बाेधन गर्न थालेका छन। स्थायी कमिटी सदस्यमा मनाेनित भएपछि महरा खुलेर अघि बढेका हुन।
यस अघि जिल्ला स्तरिय बैठकलाई सम्बाेधन गरेका महरा शनिबार तुलसीपुरमा आयोजना गरिएको भेलालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे प्रेस संगठनका सदस्य पाण्डव शर्माले बताए। अध्यक्ष माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेता यहाँ आएका छन ।