काठमाडाैँ- प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सो समुहले विरोध गर्दै आइरहेको छ। जस अनुसार आज काठमाण्डौमा प्रदर्शन गर्न लागेको हो।
प्रदर्शनमा वागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब एक लाख मानिस काठमाडौं उतार्ने प्रचण्ड माधब समुहको केन्द्रिय संघर्ष समितिले दाबी गरेको छ। काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्कअगाडि सभामा परिणत हुने सङ्घर्ष समितिले तयारी गरेको छ ।
सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ। यही माघ ३ गते बसेको संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।