काठमाडाैँ- प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेस गरिएको छ । विहिवारको सुनवाइको क्रममा कानून व्यवसायीले प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशन नभएको कुरा उठाएपछि शुक्रबारको सुनुवाइमा पेश भएको हो।
शुक्रबारको सुनवाइमा महान्यायाधीवक्ता अग्नी खरेलले प्रतिनिधि सभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सूचना पेश गरेका हुन्। बिहीबारको सुनुवाइमा अधिवक्ता अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै राष्ट्रपतिले फिर्ता लिन सक्ने बताएका थिए ।
त्यसपछि इजलासले महान्यायाधिवक्ता खरेललाई उक्त सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन आदेश दिएको थियो । राजपत्र प्रकाशित गर्ने वेभसाइटमा पनि बिहीबार बेलुकासम्म उक्त राजपत्र प्रकाशित थिएन।