बुटवल - नेकपा विप्लव समुहले गरेको नेपाल बन्दको बुटवलमा आंशिक प्रभाव परेको छ।
पार्टीका सचिवालय सदस्य कञ्चनलाई गिरफ्तार गरेको भन्दै विप्लव समुहले बन्दको आह्वान गरेको हो। बुटवलमा सार्वजनिक गाडी चलेका छैनन्। निजी गाडीहरु भने चलिरहेका छन्। बजार र पसलहरु पनि फाट्ट-फुट्ट खुलेको छ।
बन्दका क्रममा अर्घाखाँचीमा सुरक्षाकर्मीको टोलीले संकास्पद बस्तुलाई निस्कृय पारेको छ। चुत्राबेसीमा बिहान ७ बजे फेला परेको संकास्पद वस्तुले केहीबेर जनजीवन त्रसित बनाएको थियो। वस्तुलाई निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।