काठमाडौँ-नेकपा प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर सो समुहले सिठ्ठी जुलुसदेखी विरोध सभा सम्मका कार्यक्रम तय गरेको हो।
जस अनुसार माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रम तय गरेको छ। माघ १५ गते बुटवलमा विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ। त्यस्तै माघ १६ गते विराटनगर र १७ गते धनगडीमा विरोध सभा गर्ने भएको छ।
त्यस्तै माघ १६ गते १ बजे काठमाडौँको शान्तिबाटीकाबाट ‘जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो। यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम प्रचण्ड माधव समुहले तय गरेको छ।