बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटि सदस्य शंकर पोखरेलले प्रधानमन्त्री ओलीले संविधानमा नलेखिएको अधिकार प्रयोग गरेको दाबी गरेका छन् । दाङको लालमटीयामा आयोजित जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखेरेलले मन्त्रिपरिषद्का कार्यकारी प्रमुखले संविधानमा नलेखेको भएपनि अविशिष्ट अधिकार प्रयोग गर्न पाउने उनले बताएका हुन् ।
‘जे कुरा लेखेको छ लेखेकै कुरा गर्नु पर्छ, जे कुरा लेखेको छैन त्यसलाई कार्यकारी प्रमुखले आफ्नो अधिकार प्रयोग गर्न पाउनुहुन् ।’ उनले भने–‘आवश्यकताका आधारमा हुन्छ ।’
मुख्यमन्त्री पोखेरेलले जनतामा जानु भनेको लोकतन्त्र बलियो हुनु हो भन्दै जनताको बीचमा जान नचाहनेहरु कायर भएको बताए ।