बुटवल । संविधान र सम्पदामाथि सरकारले गरेको प्रतिगमनको विरोध गर्दै शान्तीपूर्ण आन्दोलनमा उत्रेका नागरिक अगुवाहरुलाई प्रहरीले धरपकड गरेको छ । वृहत नागरिक आन्दोलनका संयोजक वरिष्ठ पत्रकार नारायण वाग्ले, रघुजी पन्त, अभियन्ता युग पाठक लगायत मानवधिकारकर्मीहरु घाइते भएका छन् ।
भद्र अवज्ञा गर्दै बालुवाटारतिर अगाडि बढिरहेका अभियन्ताहरुलाई विना कुनै पूर्वसूचना प्हरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जपछि भिडलँई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा पनि हानेको थियो ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन ग¥यो’, वाग्लेले भने–‘अब तेस्रो जनआन्दोलन सुरु भयो ।’