बुटवल-ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनीले आज बुटवलमा कार्यकर्ता भेला गर्दैछ।
आज मंगलबार बिहान ११:३० बजे बुटवलस्थित राजमार्ग चौराहाबाट र्याली निकालेर युवा संघले सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा भेला आयोजना गर्न लागेको जनाएको छ।
भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गर्ने तय भएको युवा संघले जनाएको छ।