कैलाली- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा मात्रै नभएर सडकमा पनि केपी ओली एक तिहाइमात्रै भएको बताएका छन्। प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली सडकमा पनि कम्जोर रहेको बताएका हुन्।
धनगढीको सभाले ओलीलाई फुच्चे सावित गरिदिएको प्रचण्डको दाबी थियो। ‘अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ उनले भने, ‘आज तपाईहरुले सडकमा पनि केपी ओली एक तिहाई नै हो भन्ने सावित गरिदिनुभयो ।’
पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर आफूलाई खुसी लागेको प्रचण्डले बताए। निरंकुश तत्वमाथि जागेका जनतालाई कसैले झुकाउन नसक्ने उनको भनाइ छ।