काठमाडौँ- प्रतिनिधि सभा विघटन विरुद्ध पुष्पकम दाहाल प्रचण्ड र माधवकुमार नेपाल माइतीघर मण्डलामा धर्नामा बसेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले केही दिन यता नियमित रुपमा काठमाडौँको माइतिघरमा धर्ना दिँदै आएको छ। आइतबार सो समुहका अध्यक्षद्वय नेपाल र प्रचण्ड धर्नामा बसेका हुन्।
पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो । यस अघि लगातार ३ दिन प्रचण्ड र नेपाल काठमाण्डौ बाहिरको सभामा थिए। १५ गते बुटवलको विरोध सभामा सम्बोधन गरेका उनीहरु १६ गते विराटनगर र १७ गते धनगढी पुगेका थिए।