गुल्मी-परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने बताएका छन् । केपी समुहको नेकपा जिल्ला कमिटी गुल्मीमा अगुवा कार्यकर्तालाइ सम्बोधन गर्दै ज्ञवालीले ६/६ महिनामा सरकार परिवर्तन गरेर स्थिर संसद्को काम नभएको उल्लेख गरे ।
उनले अझै पनि आफुहरुले एकताको ढोका खुल्ला गरिरहेको अवस्थामा प्रचण्ड माधब समुहले प्रधानमन्त्रीलाई समेत पार्टीबाट कारबाही गर्यौ भन्दै हिडेको बताए ।
'मिल्ने भए हामीहरुका नागरिकता पनि प्रचन्ड माधव समूहले खारेज गर्थ्यो-उनले भने-त्यो हामी काम खोज्यौ उहाँहरु सत्ता ।" सत्ता मोहबाट जीवनमा कहिल्यै तृप्त नहुने आफ्नै नेताहरूले प्रतिपक्षीलेभन्दा सरकारको घेराबन्दी गरेको ज्ञवालीले आरोप लगाए।
पार्टीको अहिलेको अवस्थामा आउन नदिन आफुसहितका थुप्रै नेताले धेरै प्रयत्न असफल भएपछि प्रधानमन्त्रीले बिचौलियालाई देश भन्दा जनतालाई दिएको बताए ।
विप्लव बार्तामा आउँछन्
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले हिम्साभन्दा शान्ति र समृद्धि खोजेकाले बिप्लप समुहसंग बार्ता गर्न सकारात्मक भएको बताए । उनले धेरै समयसम्म बिप्लपसङ वार्ताको लागि कसरत गरेको सरकारले अहिले उ आफै बार्ता खोजेको बेला आफुहरुको कुनै सर्त नभएकाले स्पष्ट पारे ।
अदालत नकुरौ निर्वाचनमा जुटौ
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मुलुक ताजा जनादेश गएकोकाले अब फर्केर हेर्ने कुनै ठाउँ र अवस्था नरहेको बताए । साथै सबै अगुवा कार्यकर्तालाई ५ बुदे निर्देशन दिए । उनले प्रतिनिधि सभा विघटनको बाध्यता जनतामा बुझाउन, संगठन चुस्तदुरुस्त राख्न, तिनै सरकारले गरेका कामको प्रचार गर्न, निर्वाचनको तयारीमा लाग्न र जनस्तरका भेला गर्न निर्देशन दिए ।