गुल्मी- नेकपा स्थायी कमिटी सदस्य तथा प्रचण्ड माधब समुह माधव समुहका नेता युवराज ज्ञवालीले छापामार शैलीमा केपि ओलीले व्यवस्था माथि अपराध गरेको आरोप लगाए। ओलिले अपराधको फैसला आएर पनि कुर्सीमा नैतिकताहिन नाटक गरिएको ज्ञवालीले बताए।
नेकपा प्रचण्ड माधब समुहको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलिय जनबाद भनेर केपि गुटले भ्रम छर्दै आएको बताए। ज्ञवालीले पहिले प्रचण्डसग मन मिल्दा दुबैले समाजबाद भन्ने तर अहिले आफ्नो स्वार्थ पूरा नभएपछि अनेक प्रपोकाण्ड गरेका केपीले संसद विघटन गरेर पार्टी र देशको ब्यवास्थामा प्रहार गरेको बताए ।
बहुमतको जनमत भत्काएर चुनाव घोषणा गरेका केपीले चुनाबको मिति नआउदै पराजय ब्यहोर्नु परेको बताए। उनले ब्याबस्था माथी अपराध गर्ने केपी ओलिको नेतृत्वमा पुन एकताको सम्भावना नभएको बताए। केपिले बालकोटमा आराम गर्नुको बिकल्प नभएको बताउदै देश र लोकतन्त्र पक्षधरले बेलैमा सोच्नुपर्नेमा जोड दिए।