भैरहवा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको बताएका छन्। राप्रपा रुपन्देहीले भैरहवा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री थापाले हिंसा परित्याग गरेर सम्बादको माध्यमबाट शान्तिपूर्ण राजनितिक माध्यमबाट आफ्ना समस्या समाधान खोज्न गरेको निर्णय राप्रपाले स्वागत गरेको बताए।
‘फरक एजेण्डाको वावजुद शान्ति पूर्ण राजनितीबाट मान्यता स्थापित गर्ने कार्य गरेकोले स्वागत गरिएको हो।’ उनले भने । ‘विपल्प समूहसँग भएको हतियारको व्यवस्थापन र बुझाउने कार्य पनि तत्कालै गर्नुपर्ने राप्रपाको धारणा छ ।’ सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभा पुर्नस्थपना भएपछि देशमा संसद किनबेच, अपवित्र गठबन्धन र अस्थितरता र अराजकताको नयाँ श्रृखला सुरु हुन लागेको थापाले बताए। यस्ता गतविधिबाट अघि बढ्नु भन्दा ताजाजनादेश र नया चुनाव नै अहिले उपयुक्त रहेको उनको भनाइ छ।
अहिले मुलुकमा व्यापत रहेको भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, सर्वसत्तावादको संकटबाट मुक्तिको उपयुक्त विकल्प नया चुनाव नै रहेको थापाको तर्क छ। ‘अहिले २ वटा विकल्प छ, अपवित्र गठबन्धन वा चुनावमा जाने ।’ उनले भने ‘नेकपा विभाजन भयो भने नेपाली कांग्रेसले फोहोरी गठबन्धन गरेर सत्तामा जाने कि ताजा जनादेशमा जाने यसको बल काग्रेसको कोटमा रहेको छ ।’ कांग्रेसलाई जनताले सरकारमा जाने नेतृत्व गर्ने म्यानडेट नदिएको थापाले बताए।