काठमाडाैँ- विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँगको सहमति भित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताएका छन। शुक्रबार सरकार र आफ्नो पार्टीबीचसहमतिमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।
विप्लवले सहमती भित्र महान आकांक्षा लुकेको उल्लेख गरे । ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’
उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए ।