बुटवल । बुटवल–१७ स्थित मोतिपुर औद्योगिक करिडोरको शिलान्यासका क्रममा शुक्रबार मन्त्री तथा नेताहरुमाथि भएकाे ‘अराजक गतिविधि’को केपी ओली पक्षीय नेकपा रुपन्देहीले ‘घोर निन्दा एवं भत्र्सना’ गरेको छ ।
आज दिउँसो प्रेस विज्ञप्ती जारी गर्दै नेकपा जिल्ला कमिटिले ‘मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग वााणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरु उपस्थित भइरहँदा कार्यक्रम विथोल्न विभिन्न प्रकारका अवाञ्छीत, अराजक गतिविधिहरु देखा परे । हाम्रो पार्टीका केही राजनीतिक भनिने नेताहरुको उक्साहट र योजनामा भएका त्यस प्रकारका अराजक गतिविधिको घोर निन्दा एवं भत्र्सना गरेको' बताएको छ ।
जिल्ला सचिव विश्वराज बराल(अनुप)द्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भूमिहीनहरुको समस्याको समाधानको थालनी सरकारले गरिरहेको बताउँदैं भनिएको छ –‘कसैबाट उक्साहट र भ्रममा नपर्न मोतिपुर औद्योगिक करिडोर लगायत त्यस आसपास क्षेत्र र जिल्लाका सम्पूर्ण जनसमूदायमा हार्दिक अपिल गर्दै नेपाल सरकारले अगाडि बढाएका विकास र समृद्धिका योजनालाई सहयोग गर्न हार्दिक आग्रह गर्दछौं ।’
यस्तो छ विज्ञप्ती:
