धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तराइ भइरहेको संकेत गरेका छन् । धनगढीमा पत्रकारहरुसँग बोल्दै उनले भने-'जनताले अहिलेको प्रदेश सरकार फाल्न चाहेका छन् ।'
मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको सरकार फाल्ने विषयमा नेतृत्व तहमा छलफल भइहरेको बताए।
‘जनताले प्रदेश सरकारको गति देखेर फाल्न चाहेका छन्,’ उनले भने। प्रदेशको उच्च नेतृत्व धनगढीमा रहेका बेला वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा एमालेमा कुरा सुरू भएको हो। एमालेले सरकार गठनका लागि कांग्रेस, जसपा वा अरु विकल्पमा पनि छलफल भइहरेको जनाएको छ।