काठमाडौं : कृष्णबहादुर महरा सभामुखबाट हटेपछि नेकपाकै व्यक्तिलाई सभामुख बनाउनका लागि नेकपाले तयारी थालेको छ ।
तत्कालीन माओवादी र एमालेबीचको गठबन्धनबाट माओवादीका कृष्णबहादुर महरा सभामुख र एमालेकी शिवमाया तुम्बाहाम्फे उपसभामुख भएका थिए ।
दुइ पार्टी एकता भएपछि संवैधानिक व्यवस्थाअनुसार एउटै दलबाट सभामुख र उपसभामुख हुन पाइदैन ।
यसैले नेकपाले सभामुख आफ्नै दलबाट बनाउनका लागि हाल वहालवाला उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर उनलाई मन्त्री बनाउने तयारी नेकपाले गरेको छ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल हेरफेरको तयारी छ। ओलीले ६ मन्त्री हेरफेर गर्नेबारे यसअघि देखि नै चर्चा हुँदै आएको थियो ।
उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो।
यौन दुव्र्यवहारको आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्य पार्टीलाई नछाड्न नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउन लागेको हो।