काठमाडौँ : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यबाट छ महिनाका लागि निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट निलम्बन गरिएको हाे ।
पार्टी कार्यालयका सचिव इश्वरी रिजालले पत्र पठाइएको बताए । नेपाल र रावललाई सच्चिन अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा ओलीले पत्रमा भनेका छन् । उनीहरूलाई निलम्बन गरिएको बारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीहरूलाई गराएका छन् ।