काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा शुक्रबार सुनुवाइ नहुने भएको छ ।
संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा संवैधानिक इजलास र कानुन व्यवसायीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाका २ मुद्दा परेका थिए । प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्ने मनसाय नराखेको प्रष्टीकरण दिँदै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने कामलाई निरुत्साहित गर्नुपर्ने भनी लिखित जवाफ पेश गरेका थिए ।