काठमाडौं । शुक्रबार बसेको नेपाली कांग्रेसको बैठले ओली सरकारले नैतिक आधार गुमाइसकेको बताउँदैं प्रधानमन्त्रीको राजीनामा मागेर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको सार्वजनिक भएको छ । नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको हो ।
पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसकेको ठहर गरेको थियो ।