पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्। अविश्वासको प्रस्ताव पेश गर्दै उनले मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिँदै आएको आरोप लगाए।
नेपालीलेअसंवैधानिक कदम चाल्ने केन्द्रीय सरकारको मतियारका रुपमा गण्डकी प्रदेश सरकार रहेको आरोपसमेत लगाए । ‘गण्डकी प्रदेश सरकार संविधानविरुद्ध छ। यसले संविधानको अवहेलना गरेको छ,’ उनले भने, ‘संविधानको धारा १८८ मा प्रधानमन्त्री तथा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा विभाजित भएको मितिबाट विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । मुख्यमन्त्रीले त्यो व्यवस्था उल्लंघन गर्नुभएको छ ।’
नेपालीले मध्यरातमा संसद अधिवेशन अन्त्य गरिएकोमा पनि आपत्ति जनाए।