काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । उनलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो ।
यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।
तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिँदा आफू कुनै नयाँ जिम्मेवारीमा रहने र त्यसको खुलासा पछि गर्ने पत्रकार सम्मेलनमा बताएकी थिइन् ।