बुटवल-लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते बस्ने भएको छ। प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलहरुले माग गरेअनुसार विशेष अधिवेशन बोलाइएको हो।
प्रदेश प्रमुखको कार्यालयले १९ गते आइतबार दिउसको १ बजे बैठक बस्ने गरी सूचना प्रकाशित हुने प्रदेश सभाका सचिव दुलर्भकुमार पुन मगरले जानकारी दिए।
गत वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका केही सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अबिश्वासको प्रस्ताव दर्ता गरेका थिए।
अविश्वासको प्रस्ताव दर्तासँगै उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन समावेदन पेश गरेका थिए।
अविश्वासको प्रस्ताव दर्ता भएकै दिन समाजवादी पार्टीका ४ सांसद मन्त्री बनेका छन्।