काठमाडाैँ- राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अर्का सांसद पनि पदमुक्त भएका छन्। माओवादी केन्द्रका सांसद चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले कारवाही गरेको थियो।
कारवाहीको व्यहोरा माओवादी पार्टीका राष्ट्रिय सभाका नेता दीनानाथ शर्माले संघीय संसद सचिवालयमा बैशाख १० गते जानकारी गराएका थिए। राष्ट्रिय सभा सचिवालयले सुचना निकालेर सांसद खड्का पदमुक्त भएको जानकारी दिएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालद्वारा जारी सूचनामा पद रिक्त भएको उल्लेख छ।