बुटवल । आपराधिक पृष्ठभूमिका दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री बनाएका छन्। मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री मनाङेलाई केहीबेरमा सपथ खुवाउने कार्यक्रम छ।
यसअघि प्रदेश सरकारले युवा तथा खेलकुदसम्बन्धी योजना तथा कार्यक्रम सामाजिक विकास मन्त्रालयमार्फत् गर्दै आएको थियो। प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन छिन्।
युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ। यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो। आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन्। बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन्।