काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीले विश्वासको मत दिन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका छन् । वालुवाटरमा प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरुले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन्।
ओलीले जनता समाजवादी पार्टीसँग विश्वासको मत मागेका थिए। पार्टीमा अफ्ठ्यारो पर्ने भएकाले विश्वासको मत नदिने बताएको जसपा नेता राजेन्द्र महतोले बताए। 'विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं भन्यौं ।' उनले सञ्चारकर्मीसँग भने ।
यस अघि आइतबार विहान ठाकुर र महतोले कांग्रेस सभापति शेरवहादुर देउवासँग पनि भेट गरेका थिए । देउवालाई पनि उनीहरुले तथष्थ बस्ने जवाफल दिएका थिए । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदै छन्। जसपा तटष्थ बस्ने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने भएका छन्।