काठमाडौँ- संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकले आयोगकै पूर्वसचिव समेत रहेका रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको हो।
प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा उपस्थित परिषदको बैठकले रेग्मीलाई नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो। झापा घर भएका रेग्मी सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीका दाइ हुन्। कुमार रेग्मीले नेकपा नामको विवादमा ऋषि कटेलको नाममा फैसला गरेका थिए।
फैसलामा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केको उल्लेख गरेका थिए। संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका थिएनन्।