बुटवल- लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेसनको माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका विपक्षी दलले प्रदेश प्रमुखलाई भेटर विशेष अधिवेसनको माग गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी अविश्वासको प्रस्ताव माथि छलफल गर्न विशेष अविधवेन बोलाउन आग्रह गरेका हुन्।
विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध आइतबार फेरी अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वासको प्रस्ताव मार्फत माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीलाई मुख्यमन्त्रीको रुपमा अघि सारीएको छ।