काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा विपक्षी दलका नेता शेरवहादुर देउवाले आफ्नो दलले रचनात्मक सहयोग गर्न खोज्दा पनि आलोचित हुनुपरेको बताएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दै काम गर्न नदिएको बताएका थिए। संसदमा जवाफ दिँदै देउवाले प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाए। ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने रु’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’
देउवाले प्रधानमन्त्रीको दम्भका कारण कुशासन र भ्रष्टाचार भइरहेको बताए । ‘म प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एक पटक छातिमा हात राखेर भन्नुस्, यो अवस्था तपाईँले सिर्जना गर्नु भएको अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’
देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताए। उनले आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको जीवन दाउमा लगाएको बताएका छन्। उनले गत वर्ष स्यानीटाइजर र पीपीई खरिदमा भ्रष्टाचार भएको र अहिले कोरोना भाइरसविरुद्धको खोपमा कमिसनको खेल भएको बताए।