काठमाडौँ - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्। प्रतिनिधिसभाको जारी बैठकमा प्रचण्डले संसद विघटन गर्ने प्रधानमन्त्रीलाई नैतिकताको प्रश्न गरेका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि प्रचण्डले सोधे, 'प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?'
प्रचण्डले नियमित अधिवेसन बोलाउनुपर्ने बेलामा विशेष अधिवेसन बोलाएकाले आफूलाई आसंका लागेको उल्लेख गरे । अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक नलागेको र नाटकीय भएको उनको भनाइ छ। उनले संविधानमा यसरी अधिवेशन बोलाउने व्यवस्था नरहेको बताए। प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण संविधानलाई कोरोना भएर आइसियुमा रहेको जस्तो देखिएको तर्क गरे।
प्रचण्डले मुलुकका लागि राष्ट्रिय संकटको कारण आफू की प्रधानमन्त्री केपी शर्मा ओली को हो भनी बहस गर्न आफू तयार रहेको बताए। ‘राष्ट्रिय समस्या म हो कि तपाई होरु बहस गरौंरु म तपाईंसँग बहस गर्न चाहन्छु,’ प्रचण्डले संसदमा भने।