काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।
काठमाडौंको चपली हाइटस्थित रामेश्वर थापाको निवासमा दुइ नेताबीच भेटवार्ता सुरू भएको हो।
विहिवार विहान बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो। नेपाल पक्षले २०७५ जेठ २ गतेकै संरचनाअनुसार पार्टी चल्नुपर्ने अडानमा छ। नेपाल पक्षले आफ्नो माग पुरा गर्न दिउसो ४ बजेसम्मको समय दिएको छ ।