काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भइरहेको छ । छलफलको लागि प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन देउवाले राजनीतिक भेटवार्ता तिब्र पारेका छन्।
बिहानमात्र देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए। राति नौ बजेसम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र दाहाल गठबन्धन निर्माणको निर्णायक कोसिसमा छन् ।