बुटवल - रुपन्देहीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । जिल्लाका अस्पताल र आइसोलेसन सेन्टरमा गरि उनीहरुको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय २७ पुगेको छ ।
यस्तै रुपन्देहीमा विहिवार थप ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी १ सय ९४ जना संक्रमित थपिएका छन् । यस्तै तिलोत्तमामा १ सय ३० जना, सिद्धार्थनगर नगरमा ५५ जना, सैनामैनामा ४१, देवदह र कञ्चनमा २० २० जनामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै सियारीमा ११, कोटइमाइमा ९, ओमसतियामा ८, शुद्धोधनमा ५, मायादेवीमा ३, रोहीणीमा २ र लुम्बिनी सांस्कृतीक नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए। यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० जना पुगेका छन्।