काठमाडौँ- केपी शर्मा ओली पुन प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सोमबार प्रतिनिधिसभाबाट विश्वास गुमाएर पदमुक्त भएका ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। योसँगै उनी तेस्रो पटक प्रधानमन्त्री भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् ।