काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथ विरुद्धको रिटको मंगलबार सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा सो मुद्दाको सुनुवाइ हुन लागेको हो । बरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै भन्दै रिट दर्ता गरेका थिए । रिटमा प्रधानमन्त्रीलाई पुन सपथ गराउन माग गरिएको हो छ ।
राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको प्रतिज्ञा गर्छु’ भन्ने शब्द प्रधानमन्त्रीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न मानेका थिएनन् । प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् ।
यस्तै निवेदकहरुले दोस्रोपटक नियुक्त भएका रामवहादुर थापा सहितका मन्त्रीहरुको पनि नियुक्ती बदर गर्न माग गरेका छन् । गृहमन्त्री थापा सहित मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, र गौरीशंकर चौधरी मन्त्रि पदमा पुनः नियुक्त हुँदा संघिय संसद नभइकन मन्त्रि हुन नपाउने संवैधानिक व्यवस्था रहेको निवेदकको जिकिर छ।