काठमाडौँ जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने समझदारी भएको छ। ठाकुर र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराएका हुन् ।
तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आएमा भने सरकार गठन गर्न अगाडि बढ्ने उनीहरुको भनाई छ । 'जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ ।' संयुक्त वक्तव्यमा भनिएको छ 'तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ। '
त्यस्तै, पार्टीभित्र देखिएका समस्याको विधानअनुसार नै छलफल गरेर समाधान गर्ने समझदारी पनि दुवैबीच भएको छ। यस अघि केपी ओलीको विकल्पमा नयाँ सरकार बनाउने सहयोग गर्ने नगर्ने भन्ने विषयमा दुइ नेता विच विवाद रहँदै आएको थियो ।
तत्कालीन राजपा र समाजवादी पार्टीबीच भएको एकताले तल्लो तहमा पूर्णता नपाइसकेको अवस्थामा आगामी दिनमा ती काम सम्पन्न गर्ने पनि उनीहरूबीच समझदारी भएको छ ।