काठमाडौँ - नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाको लागि सबै विकल्प खुला राखेर अरु दलसँग छलफल गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि शुक्रवार कांग्रेसको आकस्मीक पदाधिकारी वैठक बसेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अरु छलफल गर्ने निर्णय गरेको छ। राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी थिइन्। राष्ट्रपतिले नयाँ सरकार गठन गर्न समय कम दिएकोमा कांग्रेसले आपत्ति जनाएको छ।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको सहमहामन्त्री प्रकाश शरण महतले बताए।