काठमाडौ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। राष्टिपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न शुक्रबार साँझ ५ बजेसम्म आवहान गरेपछि दलहरु छलफलमा जुटेका हुन् ।
राष्टपतिको कदम र नयाँ सरकार गठनको सम्बन्धमा विहान शेरवाहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले केपी ओलीको विकल्पमा अरु दलसँग छलफल गर्ने निर्णय गरेको थियो । जस अनुसार कांग्रेसले सर्वदलिय बैठक बोलाएको हो । केही बेरमा जसपा नेताहरु पनि देउवा निवासमा पुग्ने बताइएको छ ।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई÷राजीनामा नदिई धारा ७६ ५ अनुसार राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई आह्वान गरेपछि संविधानको मर्म र भावनाविपरीत भएको भन्दै विरोध हुँदै आएको छ ।