काठमाडौ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। यसलाई प्रधानमन्त्री र राष्टपति मिलेर संविधान सिध्याउन लागेको आरोप लागेको छ । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् ।