काठमाडौँ - नेकपा एमालेका माधव नेपाल पक्षिय सांसदहरुको भेला सिंहदरवारमा सुरु भएको छ । भेलामा राष्ट्रपतिको अह्वानबारे छलफल भइरहेको छ । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सहभागी छन् ।
राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका छन्।यस अघि विहान बुढानिलकण्ठमा शेरवहादुर देउवा, माधवकुमार नेपाल र पुष्पकमल दहालबीच छलफल भएको थियो ।