काठमाडौ - विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनतासमाजवादी पार्टीका शिर्ष नेताका साथै एमालेका वरिष्ठ नेता माधव नेपालको पनि सहभागीता रहेको छ ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ले संविधानको धारा ७६ को ५ अनुसार सरकार बनाउन आज अपरान्ह ५ बजेसम्म समय दिएकी छन्।