काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष आफूलाई प्रधानमन्त्री बनाउन दाबी पेश गर्दै छन्। प्रधानमन्त्रीको दावी पेश गर्न १४९ सांसदको हस्ताक्षर लिएर उनी राष्ट्रपति भवन सितलनिवास गएका छन्।
सिहदरबारमा शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति भएको थियो।