काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन्। मध्यरातमा बसेको मन्त्रीपरिषद बैठकको सिफरिसका आधारमा राष्टपतिले प्रतिनिधि सभा विघटन गरेर कात्तिक २६ गते र मंसिर ३ गतेको लागि चुनावको मिति तय गरेकी हुन्।
संविधानको धारा ७६ को उपधारा ७ मा 'उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ' भनेर उल्लेख छ ।
राष्ट्रपतिबाट आह्वान भए अनुसार धारा ७६ (५) बमोजिको प्रधानमन्त्रीको लागि कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी परेको थियो । राष्ट्रिपतिले दुबै दावीलाई अस्वीकार गरेकी थिइन्। राष्टपतिले अस्वीकार गरे लगत्तै बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिपतिसमक्ष संसद विघटन गर्न सिफारिस गरेको थियो ।