काठमाडौँ -नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद भंग गरि चुनावको घोषणा भएपछि कांग्रेसले पदाधिकारी र पूर्वपधाधिकारीको बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानिलकण्ठमा विहान ९ बजे बस्ने कांग्रेसको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया आइरहेको छ । आजको बैठकमा प्रतिनिधि सभा विघटन गरेकोमा विरोधमा थप रणनीति तय गरिने बताइएको छ ।