काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनको कदम प्रतिगमन भाग दुई भएको टिप्पणी गरेका छन् । उनले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको उल्लेख गरेका छन् ।
"सामाजिक सञ्जालमार्फत् नेता नेपालले ओलीको यो कदमको डटेर सामाना गर्न पनि आग्रह गरेका छन् । "यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु" उनले भनेका छन् ।
नेता नेपालले सर्वसत्ताबाद लाद्ने उद्देश्यले मात्र चुनावको उद्घोष भएको उल्लेख गरेका छन् । "संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।"